बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७२ प्रतिशतले लगाउँछन् मास्क, नाक तथा चिउँडोमुनि लगाउने २७ प्रतिशत

७२ प्रतिशतले लगाउँछन् मास्क, नाक तथा चिउँडोमुनि लगाउने २७ प्रतिशत

काठमाडौं उपत्यकामा झण्डै ७२ प्रतिशत मानिसले मात्रै मास्कको प्रयोग गर्ने गरेको पाइएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा झण्डै ७२ प्रतिशत मानिसले मात्रै मास्कको प्रयोग गर्ने गरेको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नेबारे गरेको अनुसन्धान ‘जनस्वास्थय मापदण्ड सर्वेक्षण’ ले यस्तो देखाएको हो।

यो सर्वेक्षण जन स्वास्थ्यका मापदण्ड एसएमएस विधि (सामाजिक दूरी, मास्क र स्यानिटाइजर) लाई आधार मानेर गरिएको थियो।

काठमाडौं उपत्यकामा विभिन्न २३ सार्वजनिक ठाउँमा ४ हजार ५०२ जनामा गरिएको अध्ययनले मास्क लगाउने संख्या ७२.१ प्रतिशत देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली जानकारी दिए।

तरकारी बजार, सपिङ मल, बैंक, निजी तथा सरकारी अस्पताल, सार्वजनिक यातायातलगायतका ठाउँमा गरिएको अनुसन्धानले सही रुपमा मास्कको प्रयोग गर्नेको संख्या न्यून देखाएको हो।

यस क्षेत्रका विज्ञ तथा तालिम प्राप्त कर्मचारीबाट गरिएको सर्वेक्षणमा मास्क प्रयोग गर्नेमध्ये १५.८ प्रतिशतले कपडाको मास्क लगाउने गरेको पाइएको छ।

मास्क लगाउनेमध्ये नाकमुनि, चिँउडोमा, घाँटीमा तथा हातमा समात्नेको संख्या २७.३४ प्रतिशत रहेको छ। त्यस्तै धेरैजसो ठाउँमा सामाजिक दूरी पालना नगरेको पाइएको डा. ज्ञवालीले बताए।

सर्वेक्षणले ३१.२ प्रतिशतले मात्रै सामाजिक दूरीको नियम पालना गरेको देखाएको छ।

प्रकाशित: Aug 09, 2020| 16:55 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।