बिहीबार, भदौ ११, २०८३

प्रदेश १ मा ५ विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

विराटनगर– प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्।
उनले प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
यस्तै प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. १ जनस्वास्थ्य सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी रीता खतिवडाले बताइन्।

प्रकाशित: Aug 09, 2020| 16:47 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।