काठमाडौं– नेपालमा कोरोनाबाट संक्रमितमध्ये अहिलेसम्म ७१.१ प्रतिशत निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३५३ छ।
नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ बाट हालसम्म ९५४ जना कोरोनामुक्त भएका छन्।
यस्तै प्रदेश २ बाट तीन हजार ३३४ र बागमतीबाट ६०३ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गण्डकीबाट एक हजार ४४९ जना, प्रदेश ५ बाट चार हजार १७९ जना, कर्णालीबाट एक हजार ८९० जना र सुदूरपश्चिम प्रदेशबाट तीन हजार ९५१ जना कोरोनामुक्त भएका छन्।