बिहीबार, भदौ ११, २०८३

पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ।

नेपालमा हाल ६ हजार ५४४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जम्मा ४० जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ रहेको छ।

हाल विभिन्न क्वारेन्टिनमा ११ हजार ३८ जना रहेकाे मन्त्रालयले जनाएकाे छ।

काेराेना संक्रमणबाट नेपालमा हालसम्म ७५ जनाकाे मृत्यु भइसकेकाे छ।

प्रकाशित: Aug 09, 2020| 16:25 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।