बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रार्थना गरेर कोरोना निको पार्छु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु

प्रार्थना गरेर कोरोना निको पार्छु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु

पोखरामा प्रार्थनाबाट कोरोना निको पार्ने दाबी गर्ने एक क्रिश्चियन धर्मगुरुको कोरोनाकै कारण मृत्यु भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पोखरा- पोखरामा प्रार्थनाबाट कोरोना निको पार्ने दाबी गर्ने एक क्रिश्चियन धर्मगुरुको कोरोनाकै कारण मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय धर्मगुरुको मृत्यु भएको हो।

मधुमेहका रोगीसमेत रहेका उनको गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए। उनको आइसीयूमा उपचार भैरहेको थियो।

क्रिस्चियन धर्म गुरुले आफ्नै घर र चर्चमा प्रार्थना चलाउँदै आएका थिए। उनको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ।

पोखरामा क्रिश्चियन समुदायका व्यक्तिहरुलाई भेला पारेर उनले प्रभु यशुले सबै रोग निको पार्न सक्ने र कोरोना पनि निर्मुल पार्ने दाबी गर्दै आएको प्रत्यक्षदर्शीहरु बताउँछन्।

उनको दाबीमा विश्वास गर्नेहरु लामो समयदेखि कोरोनाबाट बच्न भन्दै प्रार्थना गर्दै आएका छन्।

उनको गएराति मृत्यु भएपछि आइतबार शव व्यस्थापन गरिएको छ।

शनिबार राति ज्यान गुमाएका पोखरा– १९ लामाचौरका ती व्यक्तिको शव नेपाली सेनाको टोलीले पोखरा– ३२ को रातापैह्रामा व्यवस्थापन गरेको हो।

प्रकाशित: Aug 09, 2020| 16:15 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।