बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाैतम बुद्धबारे भारतीय विदेशमन्त्रीको भनाइप्रति वरिष्ठ नेता नेपालको आपत्ति

गाैतम बुद्धबारे भारतीय विदेशमन्त्रीको भनाइप्रति वरिष्ठ नेता नेपालको आपत्ति

‘बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले  भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको जनाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले केही बेरअघि फेसबुकमा  लेखेका छन्, ‘बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’

नेता नेपालले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्त्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको स्पष्ट पारेका छन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै ‘बद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेको बताएका छन्।

नेता नेपालले भनेका छन्, ‘यसबारे नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु।’

प्रकाशित: Aug 09, 2020| 16:04 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।