पोखरा- पोखरामा कोरोनाबाट ज्यान गुमाएका पुरुषको शव व्यस्थापन गरिएको छ।
शनिबार राति ज्यान गुमाएका पोखरा- १९ लामाचौरका ६२ वर्षीय पुरुषको शव नेपाली सेनाको टोलीले पोखरा-३२ को रातापैह्रामा व्यवस्थापन गरेको हो।
यसअघि स्याङ्जाका संक्रमितकाे पोखरामा उपचार गराउँदा मृत्यु भएपछि सोही स्थानमा संक्रमितको शव व्यवस्थापन गरिएको थियो।
त्यतिबेला स्थानीयले अवरोध गर्दा प्रहरीले हवाई फायरसम्म गर्नुपरे पनि यसपटक भने कसैले अवरोध नगरेको प्रहरीले बताएको छ।