बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी वैचारिक रूपमा स्खलित भइसक्यो, दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुस् : रामकुमारी झाँक्री

पार्टी वैचारिक रूपमा स्खलित भइसक्यो, दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुस् : रामकुमारी झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी वैचारिकरुपमा स्खलित भएको बताएकी छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी वैचारिकरुपमा स्खलित भएको बताएकी छन्।

आज सिंहदरबारमा पार्टी एकताको पक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले पार्टीको नीति, कार्यक्रम र व्यवहार दक्षिणपन्थी बाटोमा लागेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।

‘विचारका हिसाबले हामी स्खलित भएका छौं, नीति, कार्यक्रम र व्यवहार हेर्दा पार्टी दक्षिणपन्थी बाटोमा जान लागेको त होइन भन्ने शंका लागेको छ,’ उनले भनिन्, ‘यस्तो कार्यशैलीले न कम्युनिष्ट पार्टी रहन्छ न मूलप्रवाहको नेतृत्व गर्न सक्छौं।’

एउटा समूह पार्टी फुटाउने अभियानमा लागेको भन्दै झाँक्रीले त्यस्तो दुस्साहस नगर्न नेताहरूलाई आग्रह गरिन्। उनले भनिन्, ‘पार्टी फुटाउने आँट नगर्नुस्। पार्टीलाई यहाँसम्म ल्याउने नेतृत्वको ठूलो भूमिका छ। यो विवाद समाधान गर्नुस्।’

व्यक्तिवादी चरित्र हावी भएको र यस्तो चरित्रले पार्टीलाई सही दिशामा लिन नसक्ने भन्दै झाँक्रीले नेतृत्व पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरिन्। ‘तपाईंहरूले पार्टीलाई यहाँसम्म ल्याउनुभयो,’ नेतृत्वलाई लक्षित गर्दै झाँक्रीले भनिन्, ‘हामीलाई पनि चुनौती छ। तर पनि हामी पार्टी एकताको पक्षमा छौं। राजनीतिक र वैचारिक हिसाबले एक ढिक्का बनाएर अगाडि बढ्ने प्रयत्न गर्नेछौं।’

ऐतिहासिक कालखण्डमा निर्माण भएको पार्टी विभाजन गरेर फेरि उठ्नै नसकिने उनले बताइन्। उनले भनिन् ‘२०५४ सालले पार्टी विभाजनको पाठ सिकाइसकेको छ। त्यसैले विभाजनपछि पार्टी त बन्ला तर शक्तिशाली र प्रभावशाली बन्न सक्दैन भन्ने हेक्का राखौं।’

 

प्रकाशित: Aug 09, 2020| 15:05 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।