सुर्खेत- कर्णाली प्रदेशमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका मध्ये जुम्लाका चार जना, सुर्खेत र कालिकोटका दुई दुई जना र दैलेखका एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ९७९ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ४ र गुर्भाकोट नगरपालिका वडा नं ७ र दैलेखको महाबु गाउँपालिका वडा नं १ का एक एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको परीक्षण गर्दा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं १, ३, ६, तिला गाउँपालिका वडा नं ५ र कालिकोटको शुभकालिका गाउँपालिका वडा नं ३ र पतालझरना गाउँपालिका वडा नं ४ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न अस्पताल र आइसोलेसनबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार ८८० जना पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।