बिहीबार, भदौ ११, २०८३

‘१३ करोड खोइ मेयर साहेब ?’

उनीहरुले सुशासनको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटमसहित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएका हुन् । जनप्रतिनिधिहरु नसच्चिए विरोधका कार्यक्रम गर्न बाध्य हुने जागौं पोखराका अभियन्ताहरुले जनाएका छन् ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पोखरा– ‘जागौं पोखरा’का अभियन्ताहरुले पोखरा महानगरापालिकामा जनताले चुनेका जनप्रतिनिधिबाटै करोडौंको आर्थिक अनियमितता भएकोले छानबिन गरी प्रष्ट पार्न महानगरलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले सुशासनको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटमसहित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएका हुन् । जनप्रतिनिधिहरु नसच्चिए विरोधका कार्यक्रम गर्न बाध्य हुने जागौं पोखराका अभियन्ताहरुले जनाएका छन् ।

महानगरमा भएको भ्रष्टाचार र आर्थिक अनियमितताका कारण पोखरावासीको शीर लाजले निहुरिएको जागौं पोखराले महानगरका मेयर जिसीलाई आज बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

‘भ्रष्टाचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको समाचार विभिन्न सञ्चारका माध्यममा र सामाजिक सञ्जालमा बारम्बार छताछुल्ल भइरहँदा हामी पोखरावासी र जागौं पोखरा अभियानको शीर लाजले निहुरिएको छ,’ पत्रमा लेखिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताले चुनेका र करबाट पालिएका प्रतिनिधिहरुबाट नै करोडौंको आर्थिक अनियमितता भइरहँदा त्यसको छानविन गरी जनता समक्ष प्रष्ट पार्नुहुन र आगामी दिनमा सुशासनको ग्यारेन्टी गर्नुहुन यो हाम्रो अभियान १५ दिनको अल्टिमेटम सहित प्रष्ट र जोडदार माग गर्दछौं । अन्यथा हामी हाम्रा विरोधका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

भ्रष्टाचार भएकै दाबी गर्दै छानबिन गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने जागौं पोखराका अभियन्ता अशोक खड्काले बताए । महानगरकै कार्यालयमा अभियन्ताहरु ध्यानाकर्षण पत्रसहित ‘१३ करोड खोइ मेयर साहेव ?’ पम्प्लेट लिएर शान्तिपूर्ण विरोध गरेका थिए ।

 

प्रकाशित: Aug 09, 2020| 14:45 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।