बिहीबार, भदौ ११, २०८३

जुम्ला सदरमुकाममा निषेधाज्ञा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पीसीआर परीक्षण गर्दा चन्दननाथ नगरपालिका वडा नं १ का वडा नं ३, वडा नं ६ र तिला गाउँपालिका– ५ ढिमकोटका एक एक जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

सुर्खेत- जुम्लाका सदरमुकाममा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले सूचना प्रकाशित गर्दै सदरमुकामस्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिका– ५ ढिमकोटमा निषेधाज्ञा जारी गरिएको हो।

समुदायमा कोरोना सक्रमण फैलिन नदिन आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

जसअनुसार चन्दननाथ नगरपालिकाको पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र र तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चार किल्लाभित्र निषेधाज्ञा जारी गरिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पीसीआर परीक्षण गर्दा चन्दननाथ नगरपालिका वडा नं १ का वडा नं ३, वडा नं ६ र तिला गाउँपालिका– ५ ढिमकोटका एक एक जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Aug 09, 2020| 14:34 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।