बिहीबार, भदौ ११, २०८३

पोखराको कोसेली : निगालोका टुसा

यतिबेला पोखराका तरकारी बजारमा टुसा (निगालोको मुना) बेच्न राखिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पोखरा– यतिबेला पोखराका तरकारी बजारमा टुसा (निगालोको मुना) बेच्न राखिएको छ।

तरकारी खान खुब मन पराइने टुसा कास्कीका माछापुच्छ्रे, सार्दीखोला र ल्वाङघलेलबाट बजारमा ल्याइएको हो।

रेडपाण्डा, कालो भालु, मृगजस्ता दुर्लभ जंगली जनावरको प्रमुख आहारा टुसा बिक्री गर्नु अवैध मानिन्छ। तर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले वर्षमा एक महिना टुसा बिक्रीवितरण खुला गर्छ।

यो जातको निगालो समुद्री सतहदेखि २५ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा पाइन्छ।

पोखराबाट काठमाडौं, चितवन, तनहुँ, लमजुङ, गोर्खाका बजारमा टुसा निर्यात भइरहेको व्यापारी बताउँछन्।

कतिपय व्यापारीले भारतको राजस्थानसम्म पुर्याउने गरेका छन्। यस्तै कतिपयले आफन्तलाई कोसेलीका रूपमा समेत टुसा पठाउने गरेका छन्।

यस वर्ष असार १६ देखि साउन १५ गतेसम्म माछापुच्छ्रे, सार्दीखोला र ल्वाङघलेलमा टुसा टिप्न अनुमति दिइएको एक्यापका संरक्षण अधिकृत अशोक सुवेदीले जानकारी दिए।

एक्यापले टुसा टिप्ने जिम्मेवारी टेन्डरमार्फत ठेकेदारलाई दिन्छ। ठेकेदारले प्रति टुसा १० पैसाका दरले राजस्व बुझाउँछन्।

सिजनमा निश्चित मात्रामा टुसा टिप्दा वन्यजन्तुको आहारामा खासै असर नपर्ने संरक्षक अधिकृत सुवेदी बताउँछन्।

उनी भन्छन्, ‘वन्यजन्तुको आहारा नाश नगरी स्थानीयले केही आय आर्जन गरून् भनेर टुसा टिप्न दिइएको हो।’

कास्कीका तीन स्थानबाट दुई लाखका दरले ६ लाख टुसा निकासा गरिने उनले जानकारी दिए।

एक्यापले ठेकेदारलाई तोकिएभन्दा बढी टिप्न नदिन कडाइ गरेकोे छ। सुवेदी भन्छन्, ‘अवैध रुपमा टुसा काटेमा कारबाही हुन्छ।’

टुसाको तस्करी गरेको पाइए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम बिगो कायम गराएर बिगो असुल गरी थप जरिबाना गर्ने वा ६ महिना कैद वा दुवै सजाय दिने कानुनी प्रावधान छ। 

अहिले पोखरामा टुसा प्रतिमुठा ८० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ। एकै ठाउँबाट दुई सय मुठासम्म बिक्री हुने गरेको व्यापारी बताउँछन्।

प्रकाशित: Aug 09, 2020| 14:10 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।