काठमाडौं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न ६ जिल्लामा ४६२ जनाको पीसीआर कोरोना परीक्षण गरिएको छ।
जसमा एकजनामा मात्रै कोरोना पुष्टि भएको छ। पुष्टि हुनेमा पर्वतको कुश्मा नगरपालिका–४ का एक २३ वर्षीय पुरुष छन्।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा नवलपरासी पूर्वका १८८, तनहुँका ८१, लमजुङका १, स्याङ्जाका २५, पर्वतका १० र कास्कीका १५७ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियो।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ जनाको नमुना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा १ जना थपिएपछि प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४ सय ५९ पुगेको छ।
जसमध्ये पछिल्लो २४ घण्टामा उपचारपछि संक्रमणमुक्त भएर १६ जना डिस्चार्ज भएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।