बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित उपस्थित हुन सर्वोच्चको आदेश

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई सर्टिफिकेटसहित उपस्थित हुन सर्वोच्चको आदेश

गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश गरेको हो।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

गिरीको नियुक्ति खारेजीको माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश गरेको हो।

उपाध्यक्ष हुन गिरीको योग्यता नपुगेको भन्दै नरेश भट्टले दायर गरेको रिटको आइतबार सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीले कारण देखाउ आदेश जारी गरेका हुन्।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गिरीलाई अन्तरिम आदेशका लागि सर्टिफिकेटसहित भदौ २ गते अदालतमा उपस्थित हुन आदेश भएको जानकारी दिए। भट्टले दायर गरेको रिट यसअघि सर्वोच्चका मुख्य रजिष्ट्रारले असार ९ गते दरपिठ गरेका थिए।

निवेदन दरपिठ गरेको विषयमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी रिट निवेदन लिएर इजलासमा गएका थिए। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासले मुख्य रजिष्ट्रारको दरपिठ गर्ने आदेश नमिलेको भन्दै रिट निवेदन दर्ता गरी नियमानुसार पेश गर्न आदेश दिएपछि निवेदन दर्ता भएको हो।

यसअघि असारमै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निवेदन दरपिठ गर्नुको आधार र कारण पेश गर्न आदेश गरेको थियो।

आयोगको उपाध्यक्ष बन्न २० वर्षको अनुभव आवश्यक पर्ने भनिएकोमा गिरीको योग्यता नपुगेको भन्दै रिट निवेदनमा नियुक्ति खारेजको माग गरिएको छ। 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा गिरी

प्रकाशित: Aug 09, 2020| 13:28 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।