काठमाडौं– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९० जनाको कोरोना भाइरस परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा नवलपुर पूर्वका १८८, तनहुँका ८१, लमजुङका एक, स्याङ्जाका २५, पर्वतका १० र कास्की १५७ जनाको नमुना परीक्षण गरिएको थियाे।
तीमध्ये एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए।
उनका अनुसार संक्रमित एक जना पर्वत, कुश्मा नगरपालिका–४ का २३ वर्षीय पुरुष हुन्।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २४ घण्टामा २८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६१२ पुगेको छ। यसैगरी निको हुनेको संख्या एक हजार ४५९ पुगेको छ। पछिल्लो २४ घन्टामा नवलपरासी पूर्वबाट एक, लमजुङबाट छ, बाग्लुङबाट दुई, तनहुँ चार र पर्वत तीन जना गरी कुल १६ व्यक्ति निको भई डिस्चार्ज भएका छन्।