बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

भारतीय दूतावासद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ।

आइतबार बिहान भद्रकालीस्थित सैनिक मुख्यालयमा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपालस्थित भारतीय राजदूतावासले भेन्टिलेटर उपलब्ध गराएको जानकारी दिए।

कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको भेन्टिलेटरहरु उपलब्ध गराएको हो। प्रधानसेनापति थापाले भारतको सहयोगप्रति धन्यवाद प्रकट गरे।

प्रकाशित: Aug 09, 2020| 12:50 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।