बिहीबार, भदौ ११, २०८३

पर्सामा नौ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

वीरगन्ज- जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये १५ जना महिला र ६० जना पुरुष रहेका छन् ।

जसमा कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना रहेको नारायणी अस्पतालका सुपरिटेन्डेट मदन उपाध्ययले जानकारी दिए ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले बतायो ।

उनीहरु सबैको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएकाहरुको सूचीमा वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि छिन् ।

 

प्रकाशित: Aug 09, 2020| 12:34 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।