बिहीबार, भदौ ११, २०८३

पशुचौपायामा अज्ञात रोगको प्रकोप

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ ।

पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् ।

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिए। उनका अनुसार सो वडामा करीब ४५/५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताए।

उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा गोडा सुनिने, छालामा डाबर देखिने, खाने कुरा नखाने र उच्च ज्वरो आउने गरेको पाइएको पशु चिकित्सक विपिनजङ्ग राईले बताए।

प्रकाशित: Aug 09, 2020| 11:59 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।