बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रशासनको निर्देशन मानेनन् वीरगन्जका अस्पतालले, उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

प्रशासनको निर्देशन मानेनन् वीरगन्जका अस्पतालले, उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

परिवारले उनलाई शुक्रबार राति उपचारका लागि वीरगन्जका विभिन्न अस्पताल लगेका थिए। तर, नेशनल मेडिकल कलेज, तराई हस्पिटल, नारायणी बयोधा हस्पिटल, नारायणी अस्पताल, एडभान्स लगायत आधा दर्जन अस्पतालले भर्ना लिन मानेनन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पर्सा– वीरगन्जमा उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २ की २० वर्षीया युवतीको मृत्युपछि पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

परिवारले उनलाई शुक्रबार राति उपचारका लागि वीरगन्जका विभिन्न अस्पताल लगेका थिए। तर, नेशनल मेडिकल कलेज, तराई हस्पिटल, नारायणी बयोधा हस्पिटल, नारायणी अस्पताल, एडभान्स लगायत आधा दर्जन अस्पतालले भर्ना लिन मानेनन्।

अन्तिममा कोभिड अस्पताल गण्डक लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। योसँगै वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

वीरगन्जका अस्पतालहरुले कोरोनाको आशंकामा बिरामी लिन नमान्दा बिरामीहरुले दुःख पाउने क्रम बढेको छ।

जिल्ला प्रशासन कार्यालयले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिर्ए पनि निजी अस्पतालले प्रशासनको निर्देशन नमानेको पाइएको छ।

 

प्रकाशित: Aug 09, 2020| 11:41 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।