बिहीबार, भदौ ११, २०८३

‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने !’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै माडी नगरपालिकाका जनप्रतिनिधिलाई ओलीले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै माडी नगरपालिकाका जनप्रतिनिधिलाई ओलीले दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन्।

प्रधानमन्त्री ओलीले शनिबार माडीका जनप्रतिनिधिसँग बालुवाटारमा भएको छलफलमा अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देशन दिएका थिए।

‘चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ?’ शर्माले ट्वीट गरेका छन्, ‘यस्तो कर्मले प्रशन्न हुनुहोला ? भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिसन लिम्पियाधुरा’ लाई बल पुग्ला ?’

शर्माले भनेका छन्– ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्, त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ। आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन। आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन !’

राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्ने शर्माले बताएका छन्।

बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहीँबाट दर्ता प्रमाण नमागिएको भन्दै शर्माले भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको शर्माले बताएका छन्।

प्रधानमन्त्री ओलीले बोलाएपछि माडीका मेयरको नेतृत्वमा जनप्रतिनिधिको टोली शनिबार बालुवाटार पुगेको थियो।

प्रकाशित: Aug 09, 2020| 11:16 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।