डडेल्धुरा- श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालबाट धनगढी लैजाँदै गर्दा एक महिलाको बाटोमै मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ की ३८ वर्षीया माधवी शाहीलाई थप उपचारका लागि धनगढी लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको हो ।
सास फेर्न गाह्रो भएपछि उनलाई डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रिफर गरेको थियो ।
उनी केही दिन अगाडि मात्रै धनगढीबाट गन्यापधुरा– ३ मा रहेको घरमा आएको स्थानीयले बताएका छन् ।
उनको मृत्यु कोरोना भाइरसका कारण भएको हुनसक्ने आशंकामा आज (आइतबार) स्वाब संकलन गरिएको सेती अस्पतालले जनाएको छ। शाहीको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।