भैरहवा- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिँदै गएपछि आजदेखि नेपालगन्ज सिल गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नेपालगन्ज सिल गरिएको जानकारी फेसबुकमार्फत् दिए। उनले फेसबुक स्टाटसमा लेखेका छन्, 'आजदेखि नेपालगन्जको धेरै स्थान सिल गरिएको छ।'
बाँकेमा हिजो २१ जना नयाँ संक्रमित देखिएका थिए। प्रजिअ कुरुम्बाङले सिल गरिएको समयमा सर्वसाधारणलाई समस्या परे निम्नलिखित नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।
उनले समस्या परेका सर्वसाधारणलाई ९८५८०२७७७७, ९८४१२२६१७४, ९८५८०५५५५५, ९८५१२७२११७, ०८१५२७०६८ र ९८५८०३७०७७ सम्पर्क गर्न आग्रह गरेका हुन्।