बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा एकै दिनमा कोरोनाबाट ६५ हजार संक्रमित, मृतकको संख्या ४२ हजार ५ सय नाघ्यो

भारतमा एकै दिनमा कोरोनाबाट ६५ हजार संक्रमित, मृतकको संख्या ४२ हजार ५ सय नाघ्यो

छिमेकी मुलुक भारतमा शनिबार एकै दिनमा ६५ हजार १ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतमा शनिबार एकै दिनमा ६५ हजार १ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिनमा यति ठूलो संख्या संक्रमित थपिएको यो पहिलाे पटक हो । यसअघि साउन २२ गते ६२ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो भने २३ गते शुक्रबार ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि महाराष्ट्रमा १२ हजार ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै आन्ध्राप्रदेशमा १० हजार ८०, कर्णाटकमा ७ हजार १ सय ७८, तमिलनाडुमा ५ हजार ८ सय ८३, उत्तर प्रदेशमा ४ हजार ६ सय ६०, बिहारमा ३ हजार ९ सय ९२ जना संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ सय ७५ जनाको मृत्यु भएको छ । जसमध्ये महाराष्ट्रमा मात्रै २ सय ७५ जना छन् ।

भारतमा अहिले ४२ हजार ५ सय १८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने २० लाख ४६ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित: Aug 09, 2020| 09:15 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।