बिहीबार, भदौ ११, २०८३

पोखरामा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७४

पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

पोखरा– पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबारराती ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पाललका निर्देशक डा अर्जुन आचार्यले बताए ।

मृतक पोखरा १९ लामाचौरका ६२ वर्षिय पुरुष हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बिहीबार ५, शुक्रबार ५ र शनिबार ३ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रकाशित: Aug 09, 2020| 08:04 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।