बिहीबार, भदौ ११, २०८३

१८ जिल्लामा निषेधाज्ञा, काठमाडौंमा पनि लगाउने तयारी

कोरोना संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भन्दै स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएको छ ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- कोरोना संंक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भन्दै स्थानीय प्रशासनले १८ जिल्लामा निषेधाज्ञा लगाएको छ ।

नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ भने बाँकी नौ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

बारा, पर्सा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेका छन् ।

काठमाडौं उपत्यकामा पनि निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाउने तयारी भएको छ । दिनहुँ संक्रमितको संख्या बढिराखेको तर भीड कम नभएकाले केहि दिन विचार गर्ने नभए निषेधाज्ञा लगाउने तयारी भएको स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब १ हजार पुग्नै लागेको छ । काठमाडौं जिल्लामा मात्रै ५ सय नाघेको छ । संक्रमित बढिरहने तर सर्वसाधारणले सरकारको निर्देशन नमाने गरे निषेधाज्ञामा जान बाध्य हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका प्रशासन कार्यालयहरु अझै विश्लेषणकै चरणमा छन् ।

लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोहीअनुसार धेरै संक्रमित भएका जिल्लाहरूले निषेधाज्ञा लगाएका छन् ।

यस्तै आजदेखि कोरोना नियन्त्रणमा सचेतना अपनाए–नपनाएको विषयमा आज (आइतबार)देखि उपत्यकामा निजी कार्यालयमा अनुगमन हुने भएको छ ।

प्रकाशित: Aug 09, 2020| 07:15 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।