बिहीबार, भदौ ११, २०८३

कोरोना अपडेट : कस्तो छ अति प्रभावित ३ देशको अवस्था ?

अमेरिकापछि ब्राजिल छ। त्यहाँ झन्डै ३० लाख संक्रमित भएकोमा करिब १ लाखको मृत्यु भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (पछि कोभिड-१९ नाम राखिएको) बाट पूरै विश्व आक्रान्त छ।

आज बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख २८ हजार नाघेको छ। अहिले पनि करिब ६५ हजार जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६२ हजार नाघेको छ। संक्रमण र मृत्युदर दुवै बढ्दो क्रममा छ।

अमेरिकापछि ब्राजिल छ। त्यहाँ झन्डै ३० लाख संक्रमित भएकोमा करिब १ लाखको मृत्यु भएको छ।

तेस्रो प्रभावित देश भारतमा पनि कोरोना संक्रमण र मृत्यु बढिरहेकै छ। त्यहाँ २१ लाखभन्दा बढी संक्रमित हुँदा करिब ४३ हजारको ज्यान गएको छ। कोरोनाको मृत्युदर भारतमा २.०४ प्रतिशत छ।

इन्डियन मेडिकल एसोसिएसनका अनुसार भारतमा १९६ जना डाक्टरले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

 

प्रकाशित: Aug 09, 2020| 06:38 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।