सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा प्रदेश ५ को बर्दियाका धेरै स्थानमा शनिबार रातिदेखि अति भारी वर्षा भएको जानकारी दिँदै जल तथा मौसम पूर्वानुमान विभागले सतर्क रहन आग्रह गरेको छ।
अहिले बिहान बाढी अलर्ट जारी गर्दै विभागले टीकापुर र आसपासको क्षेत्र डुबानको उच्च जोखिममा रहेको जनाएको छ।
कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली तथा चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन राति २ बजे नै एसएमएस पठाइएको छ। थप वर्षा हुने भएकाले सतर्क रहन विभागले भनेको छ।
श्रावण २५ ५ः३० बजे#कैलाली,#कञ्चनपुर, #बर्दियाको धेरै स्थानमा राती देखि #अतिभारी बर्षा #टिकापुर र आसपास डुवानको #उच्च जोखिममा#कान्द्रा,मोहना,घुराहा,खुट्टिया,स्याउली,चौधर नदीको
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 9, 2020
तटिय क्षेत्रमा सतर्क रहन २ बजे नै #SMS पठाएको
थप बर्षा हुने, सतर्क रहौ
चित्रः ६ घण्टाको बर्षा मापन pic.twitter.com/M1QI5509iR