बिहीबार, भदौ ११, २०८३

कोरोना निको हुने दरमा दक्षिण एसियामा नेपाल चौथो

कोरोना भाइरस (कोभिड-१९) को निको हुने दरमा नेपाल दक्षिण एसियाको चौथो स्थानमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणको निको हुने दर ७२.२१ प्रतिशत छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को निको हुने दरमा नेपाल दक्षिण एसियाको चौथो स्थानमा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणको निको हुने दर ७२.२१ प्रतिशत छ।

नेपालमा शनिबार साँझसम्म २२ हजार ५९२ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार ३१३ निको भएका छन्।

पाकिस्तान अग्रस्थानमा, बंगलादेश पुछारमा

कोरोना संक्रमणका आधारमा दक्षिण एसियामा दोस्रो स्थानमा रहेको पाकिस्तानमा कोरोना संक्रमण निको हुने दर भने सबैभन्दा बढी छ। त्यहाँ कोरोना निको हुने दर ९१.५८ प्रतिशत छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा अहिलेसम्म दुई लाख ८३ हजार ४८७ जनामा संक्रमण पुष्टि हुँदा दुई लाख ५९ हजार ६०४ जना निको भएका छन्।

कोरोना संक्रमणका आधारमा दक्षिण एसियामा पुछारमा रहेका श्रीलंका र भुटानमा निको हुने दरको सूचीमा भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यहाँ क्रमशः ९०.७४ र ८८.८९ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। 

विश्वविद्यालयका अनुसार श्रीलंकामा दुई हजार ८३९ जनामा संक्रमण देखिँदा दुई हजार ५७६ जना कोरोनामुक्त भएका छन्। यस्तै, भुटानमा १०८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ९६ जना डिस्चार्ज भएका छन्।

यस्तै, अफगानिस्तानमा कोरोना निको हुने दर ७०.०६ प्रतिशत छ। दक्षिण एसियामा कोरोना निको हुने दरको सूचीमा यो पाँचौं स्थानमा छ। विश्वविद्यालयका अनुसार त्यहाँ ३७ हजार ५४ जनामा संक्रमण पुष्टि हुँदा २५ हजार ९६० जना निको भएका छन्।

दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित रहेको भारत निको हुने दरको सूचीमा भने छैटौं स्थानमा छ। त्यहाँ ६८.३२ प्रतिशत कोरोना संक्रमित निको भएको विश्वविद्यालयको तथ्यांक छ। भारतमा २० लाख ८८ हजार ६११ संक्रमित छन्। त्यहाँ कोरोनामुक्त हुनेको संख्या १४ लाख २७ हजार ५ छ।

यस्तै, माल्दिभ्स दक्षिण एसियामा कोरोना निको हुने दरको सूचीमा सातौं स्थानमा छ। त्यहाँ ५७.७५ कोरोना संक्रमित निको भएका छन्। माल्दिभ्समा चार हजार ७६९ जना संक्रमित रहेकोमा दुई हजार ७५४ निको भएका छन्।

कोरोना संक्रमणका आधारमा दक्षिण एसियामा तेस्रो स्थानमा रहेको बंगलादेश भने निको हुने दरको सूचीमा पुछारमा छ। त्यहाँ ५४.४७ प्रतिशत संक्रमित मात्रै निको भएका छन्।

विश्वविद्यालयका अनुसार बंगलादेशमा दुई लाख ५५ हजार ११३ जनामा संक्रमण पुष्टि भएकोमा एक लाख ४६ हजार ६०४ जना मात्रै कोरोनामुक्त भएका छन्।

प्रकाशित: Aug 08, 2020| 21:38 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।