बिहीबार, भदौ ११, २०८३

साइकलबाट खोलामा खस्दा दुई बालक बेपत्ता

साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

साइकलबाट खस्दा प्युठानको माडीखोलामा आज दुई बालक बेपत्ता भएका छन् ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी ११ वर्षीय सञ्जोक र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन बेपत्ता भएका हुन् ।

उनीहरु दुवै घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब १०० मिटर तल माडीखोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

प्रहरी र स्थानीयवासीबाट उनीहरुको खोजी भइरहे पनि रात परेका कारण खोजीमा समस्या भएको जनाइएको छ ।

प्रकाशित: Aug 08, 2020| 21:20 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।