बिहीबार, भदौ ११, २०८३

भोलिदेखि काठमाडौंमा यी सेवा बन्द हुँदैछन्

काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि तीनवटै जिल्लामा विभिन्न सरकारी सेवाहरु बन्द हुँदैछन्।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं- काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि तीनवटै जिल्लामा विभिन्न सरकारी सेवाहरु बन्द हुँदैछन्।

तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यलयबाट प्रदान गरिने सेवाहरु हाललाई आइतबार (साउन २५ गते) देखि भदौ ८ गतेसम्मका लागि बन्द हुन लागेका हुन्।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता/नविकरण, संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य तथा निजी सुरक्षा कम्पनी नविकरणका कामहरु बन्द हुनेछन्।

यस्तै राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका कामहरु बन्द हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

यी बाहेक अत्यावश्यक सेवाका कामहरु भने सूचारु हुने जनाइएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य एवम् विपद् व्यवस्थापनसम्बन्धी कार्य भने सूचारु हुने छन्।

यी सेवाहरु लिन र दिनका लागि पूर्णरुपमा स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने जनाइएको छ।

आइतबारदेखि काठमाडौंका विभिन्न ठाउँमा ‘सटडाउन’ हुने भन्ने समाचारहरु भने सत्य नभएको जनाइएको छ।

प्रकाशित: Aug 08, 2020| 21:15 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।