बिहीबार, भदौ ११, २०८३

सवा करोडको चेकसहित प्राधिकरणका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ।

उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ।

पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन्।

प्रक्रिया नै नपुर्याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन्। आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ। रासस

प्रकाशित: Aug 08, 2020| 20:57 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।