बिहीबार, भदौ ११, २०८३

छोराछोरीसहित नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

रुपन्देहीमा दुई छोराछोरीसहित नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

काठमाडौं– रुपन्देहीमा दुई छोराछोरीसहित नदीमा हामफालेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।

रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा हामफालेकी प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ की २२ वर्षीया पवित्रा सुनारलाई स्थानीय र प्रहरीले शनिबार सकुशल उद्धार गरेको हो।

सिद्धार्थनगर नगरपालिका–८ बसडिलियामा कोठा भाडामा बस्ने सुनारले नदीमा हामफाले पनि स्थानीयको सहयोगमा प्रहरीले तत्काल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले जानकारी दिए।

पवित्राले आफ्ना ६ वर्षकी छोरी रोजिना र तीन वर्षका छोरा रोशन सुनारलाई चुन्नीले कम्मरमा बाँधेर हामफालेकी थिइन्।

हामफालेको देखेपछि स्थानीयको सहयोगमा तत्काल सकुशल उद्धार गरी अस्पताल लगिएको खड्काले जानकारी दिए। पति कामको सिलसिलामा भारतमा रहेको र उनी सिद्धार्थनगरमा काम गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

तीनै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी खत्रीले जानकारी दिए।

पवित्राले हाम फाल्नुको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 08, 2020| 19:31 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।