बिहीबार, भदौ ११, २०८३

नेपालगन्ज उपमहानगरपालिका २७ गतेसम्म सिल

सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

बाँके जिल्ला प्रशासन कार्यालयले आज शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका सिल गरेको छ।

समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

प्रजिअ कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगन्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिड्डुलमा समेत रोक लगाइएको उनले जानकारी दिए। यसैगरी, केन्द्रको बैठकले यही साउन १८ गतेदेखि बाँके जिल्लाभरि जारी निषेधाज्ञालाई साउन २७ गते राति १२ बजेसम्मका लागि बढाएको छ ।

सिल गरिएको क्षेत्रबाहेक निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भने अत्यावश्यक वस्तु पसल, व्यवसाय सञ्चालन गर्न पाइने बताइएको छ ।

प्रकाशित: Aug 08, 2020| 19:20 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।