शनिबार, असोज १७, २०८३

माउन्टेनमग कफीको आउट्लेट विस्तार

प्राकृतिक सुन्दरता र हिमश्रृंखलाको अवलोकन गर्न सकिने पर्यटकीय आकर्षणको केन्द्र श्रीनगर हाइटमा तानसेनस्थित होटल श्रीनगरसगको साझेदारीमा सो आउटलेटको सुरुवात गरिएको हो।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- माउन्टेनमग कफीले पाल्पाको श्रीनगर हाइटमा आफ्नो आउट्लेट विस्तार गरेको छ। प्राकृतिक सुन्दरता र हिमश्रृंखलाको अवलोकन गर्न सकिने पर्यटकीय आकर्षणको केन्द्र श्रीनगर हाइटमा तानसेनस्थित होटल श्रीनगरसगको साझेदारीमा सो आउटलेटको सुरुवात गरिएको हो।

 नेपाली कफी उत्पादन र प्रबर्द्धनमा विसं २०५७ सालदेखि सक्रिय नेपाली उद्दमीहरुको समूहद्वारा जापानको स्माइल बेभरेजसँगको रणनीतिक साझेदारीमा सञ्‍चालित माउन्टेनमग कफीको हाल नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा मुख्य आउटलेट रहेको छ।

अन्तर्राष्ट्रिय बजारका कफी सौखिनहरुको माझ प्रख्यात नेपाली स्पेशालिटी वर्गको प्रिमियम नेपाली कफी माउन्टेनमग कफीको मुख्य उत्पादन हो।

 कोरोना महामारीले पर्यटन क्षेत्रमा पुर्‍याएको क्षतिका बीच पनि स्वदेशी बजारमै बढिरहेको कफी क्रेजले हाल कफी शपहरुमा उत्साहजनक लगानी भइरहेको छ। माउन्टेनमग कफीले यस वर्षभित्रै इलाम, लुम्बिनी, पोखरा र जोमसोममा पनि आउटलेट विस्तार गर्ने योजना बनाएको प्रबन्धक प्रणय प्रताप लामिछानेले बताएका छन्। 

प्रकाशित: Sep 19, 2021| 20:48 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्