बिहीबार, भदौ ११, २०८३

देशभर ६,२०६ जना सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती जिल्लाहरुमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

देशभर सात जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती जिल्लाहरुमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।

शनिबार देशभर काठमाडौँ उपत्यकामा ६२ जनासहित ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

देशभरका सक्रिय संक्रमित ६ हजार २०६ मध्ये प्रदेश नं १ मा ४७८, प्रदेश नं २ मा दुई हजार ९२९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २४२, प्रदेश नं ५ मा ३९०, कर्णाली प्रदेशमा १६३ र सुदूरपश्चिम प्रदेशमा ९७५ जना छन् ।

शनिबार देशभर ७ हजार ७८८ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म चार लाख ३५ हजार २८९ जनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १० हजार ७९२ छ ।

शनिबार कोरोनामुक्त भई घर फर्किनेको संख्या ४९९ छ । हालसम्म डिस्चार्ज हुने १६ हजार ३१३ छन् ।

प्रकाशित: Aug 08, 2020| 18:48 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।