काठमाडौं- देशका विभिन्न ७ वटा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ। बाँकी ७० जिल्लामा भने सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुन्य सक्रिय संक्रमित रहेका जिल्लाहरुमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ।
शनिबार देशभर ३ सय ७८ संक्रमित फेला परेका छन्।
हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ।