बिहीबार, भदौ ११, २०८३

बागलुङमा समुदायस्तरमा कोरोना जाँच

बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

बागलुङ- बागलुङमा समुदायस्तरमा कोरोना जाँच थालिएको छ। जोखिम समूह पहिचान गरी स्वाबको नमूना लिइएको हो। आज (शनिबार) र भोलि गरी सदरमुकामभित्रका कम्तीमा २०० जनाको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

पत्रकार, सुरक्षाकर्मी, कर्मचारी, व्यवसायी, ग्यारेज, फोहर व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने व्यक्तिको कोरोना जाँच हुने कार्यालय प्रमुख सुरज गुरौले बताए। ‘यो परीक्षणले समुदायमा कोरोना संक्रमणको स्थितिबारे थाहा हुन्छ’, उनले भने, जिल्लामा अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिएको छैन। अधिकांश विदेशबाट आएकामा संक्रमण देखिएको छ।’

मालढुङ्गा नाकाबाट जिल्ला भित्रने सवारीका चालक, मजदूर र ट्राफिक प्रहरीको पनि स्वाब लिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।

उनका अनुसारमा आज एक सय भन्दाबढी स्वाबको नमूना सङ्कलन गरिएको छ। जाँचका लागि भोलिमात्र स्वाब पोखरा पठाइने भएको छ।

दुई/तीनभित्रमै जाँचको रिपोर्ट आउने जनाइएको छ। कोरोना जाँचका लागि अहिले पनि पोखरामा निर्भर हुनुपर्ने अवस्था छ।

धवलागिरि अस्पतालमा पिसिआर मेसिन राखेर कोरोना जाँच सेवा शुरु गर्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय, धवलागिरि अस्पताल, नगरपालिकाको स्वास्थ्य शाखा मिलेर संयुक्त रुपमा स्वाब संक्रलनको काम भइरहेको छ।

बागलुङमा पहिलोपटक गत चैत १५ गते कोरोना संक्रमणको घटना पुष्टि भएको थियो। त्यसयता २६१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये २३५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका अनुसार १२५ जना क्वारेन्टिनमा छन्।

आज मात्रै १३ नयाँ संक्रमित थपिएका छन्। धवलागिरि अस्पतालको भवन निर्माणका लागि महोत्तरीबाट आएका मजदूरमा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघि आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टिनमा थिए। संक्रमित २२ देखि ३५ वर्ष उमेर समूहका छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। भवन निर्माणका लागि आएका १७ जनामध्ये एक जनामा कोरोना देखिएपछि सबैको जाँच गर्दा थप १३ जनाका संक्रमण देखिएको हो। संक्रमित मजदूरलाई आइसोलेसन कक्षमा राखिएको छ। रासस

प्रकाशित: Aug 08, 2020| 17:35 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।