काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौंसहित उपत्यकाका ३ जिल्लामा ५९ जना संक्रमित थपिएका छन्।
जसमध्ये सबैभन्दा धेरै काठमाडौंका ५३ जना रहेका छन् भने भक्तपुर र ललितपुरका ३–३ जनामा कोरोना पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना तथा पाटन अस्पताल प्रयोगशाला ललितपुरमा गरिएको काठमाडौंका ५ जना र ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै वीर अस्पतालमा गरिएको परीक्षमा काठमाडौंका १ जना, त्रिभुवन विश्वविद्यालय महाराजंज प्रयोगशालमा गरिएका परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २९ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी स्टार अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, बेद ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका २ जना तथा नेपाल– कोरिया मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।