विराटनगर- प्रदेश १ मा आज (शनिबार) ६१ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४८, सुनसरीमा १० र ३ जना अन्य प्रदेशका छन्।
मोरङको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १-१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ। प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ।
परीक्षण गरिएकामध्ये १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा शनिबारसम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।