मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • ‘हनी ट्र्याप’ को डरलाग्दो खेल : महिला आफैंले बोलाएर बलात्कारको अभियोग, ५० लाख बार्गेनिङ

Siddartha premir insuranceSiddartha premir insurance

‘हनी ट्र्याप’ को डरलाग्दो खेल : महिला आफैंले बोलाएर बलात्कारको अभियोग, ५० लाख बार्गेनिङ

चिनेजानेकै व्यक्तिले कसरी ‘हनी ट्र्याप’मा पारेर रकम हात पार्छन् भन्‍ने प्रमाणसमेत बाहिरिएको छ। ‘हनी ट्र्याप’ का अर्थात् आपराधिक लाभ (एक्सटोर्सन) लिन नहुने कसुर पछिल्लो समय निकै डरलाग्दो गरी बढेको छ।
 |  आइतबार, असोज ३, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

आइतबार, असोज ३, २०७८

बुटवल- पैसाका लागि केसम्म हुन्छ भन्‍ने घटना दाङ घोराहीमा भएको एक घटनाले पुष्टि गरेको छ। चिनेजानेकै व्यक्तिले कसरी ‘हनी ट्र्याप’मा पारेर रकम हात पार्छन् भन्‍ने प्रमाण बाहिरिएको हो। ‘हनी ट्र्याप’ अर्थात् आपराधिक लाभ (एक्सटोर्सन) लिने क्रम 'डरलाग्दो' गरी भित्रभित्रै बढिरहेको यो घटनाले देखाएको हो। दाङको घोराहीमा ‘हनी ट्र्याप’मा पारेर ५० लाख बार्गेनिङ गरेको आरोपमा तीन महिला पक्राउ परेसँगै घटना उदांगिएको छ।

triton college

घटना कसरी भयो?

लीलबहादुर थापा (परिवर्तित नाम) दाङ घोराही-१५ का आर्थिक रुपमा सबल र सामाजिक रुपमा प्रतिष्ठित व्यक्ति हुन्। उनलाई घोराही-१५ कै ३२ वर्षीय सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुष्मा परियारले केही दिनदेखि पछ्याइरहेका थिए। यी तीन महिलाले आर्थिक रुपमा सम्पन्‍न लीलबहादुरलाई कसरी ट्रयापमा पार्ने र लाखौं रकम हात पार्ने भन्‍ने योजना बनाए। योजनाअनुसार सुरु भयो हनी ट्र्यापको खेल।

दाङ प्रहरीले गरेको अनुसन्धानअनुसार २०७८ असार ६ गते सीतादेवी थापा र खुमा वली मिलेर लीलबहादुरलाई फोन गरे। चिनजानको व्यक्तिको फोन आएपछि लीलबहादुरले फोन उठाए। फोनमा सीताले घरायसी समस्या परेकाले भेटका लागि समय मागिन्। लीलबहादुरलाई फोनमा ती महिलाले भनिन्, ‘तपाईं कानुन बुझ्नुभएको छ, घरायसी मुद्दाका बारेमा छलफल गर्नुछ, आउनुस् न।’

फोनमा यस्तो आग्रहपछि लीलबहादुर साँच्चिकै समस्या परेको भन्‍ने सोचेर घोराही-१५ स्थित कोहिनुर रेस्टुरेन्टमा गए। सीता थापा, खुमा वली र सुष्मा परियार रेष्टुरेन्टको क्याबिनमा थिए। उनीहरुले रेस्टुरेन्टका साहुसँग बियर र मासु अर्डर गरे। लीलबहादुर पुग्‍नासाथ ती महिलाहरुले गरेको अर्डर अगाडि आइपुग्‍यो। 

Metro Mart
vianet

त्यसपछि मुद्दाका बारेमा कुराकानी सुरु भयो। रात पर्न थालेपछि लीलबहादुरले घर फर्किन आग्रह गरे। लीलबहादुरले भने, 'मैले यसो भन्‍न नपाउँदै सीता एक्कासि क्याबिनको सोफामा पल्टिन्। सीताले जे-जे खाइयो, यसको पैसा तिनुपर्छ भनेर माग राखिन्।'

चिनेजानेकै बहिनीको गरेको उक्त आग्रह लीलबहादुरले सहजै स्वीकार गरे। बिल तिर्न उनी काउन्टरमा गए। पैसा तिरिसक्दा पनि तीन जना महिला नफर्किएपछि लीलबहादुर पुन: क्याबिनमा फर्किए। उनले भने, 'मैले घर जाने होइन भनेर बोलाएँ।'

लीलबहादुरले घर फर्किन आग्रह गरेपछि सीताले एकाएक विभिन्‍न आरोप लगाउन थालिन्। लीलबहादुर आश्चार्यचकित भए। सीतादेवीले जबरजस्ती करणी गर्न खोज्‍ने, म छोडदिनँ, मुद्दा हाल्छु भनेर विवाद सुरु गरिन्। 
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले भने, ‘यहींबाट ती महिलाहरुले पैसाको बार्गेनिङ सुरु गरेका रहेछन्।’ 

लीलबहादुरले घर फर्किन आग्रह गरेपछि सीताले एकाएक विभिन्‍न आरोप लगाउन थालिन्। लीलबहादुर आश्चर्यचकित भए। सीतादेवीले जबरजस्ती करणी गर्न खोज्‍ने, म छोडदिनँ, मुद्दा हाल्छु भनेर विवाद सुरु गरिन्। 

घरायसी मुद्दाका विषयमा छलफल गर्न पुगेका लीलबहादुर आफैंमाथि लागेको आरोपको पीडा बोकेर घर फर्किए। असार ७ गते लीलबहादुरलाई फोन फेरि खुमा वलीको फोन आयो। फोनमा लीलबहादुरलाई भनिन्, ‘दाइ सीतादेवीका ठूलाबडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरा गर्दैछन्, के गर्ने? तपाईंले मिलाउनुपर्छ, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्‍न दिँदैनौं, बरु तपाईंले केही पैसा दिनुपर्छ, बसेर छलफल गरौं।’

सामाजिक रुपमा प्रतिष्ठित लीलबहादुर जबरजस्ती करणीको मुद्दा लाग्ने कुराले तनावमा थिए। आफ्नो प्रतिष्ठामा आँच आउन नदिन खुमा वलीलाई सागर एन्ड सुनिल रेस्टुरेन्ट तथा लज होटलमा बोलाए। त्यहाँ सीतादेवी थापा, वली र निजहरुकै साथमा रहेकी सुष्मासँग भेट भयो। भेटमा ती महिलाले जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्की दिँदै पैसा बार्गेनिङ सुरु गरे। 

महिलाहरुले ५० लाख दिए मुद्दा दर्ता नगर्ने धम्की दिएको अनुसन्धानका क्रममा खुलेको छ। लीलबहादुरले यति ठूलो रकम दिन नसक्ने बताएपछि सीतादेवी चर्किन्, ‘महिलाको मुद्दा के हुन्छ थाहा होला नि? त्यसो भए मुद्दा नहाली छाड्दैनौं।’

प्रहरीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, 'पारिवारिक, सामाजिक रुपमा बद्‌नाम हुने डरले लीलबहादुरले बिन्ती गरेर १८ लाख दिने गरी सहमति भयो। लीलबहादुरले १७ लाखको सिभिल बैंकको चेक दिन्छन् भने नगद १ लाख दिए।'

गम्भीर अपराध हो : प्रहरी


प्रहरीले बरामद गरेको चेक पत्रकार सम्मेलनमा देखाउँदै।


घटनामा पीडित व्यक्तिले विना अपराध १८ लाख रुपैयाँ दिन बाध्य भएको घटना प्रहरीले जानकारी पाएपछि ती महिला पक्राउ परेका हुन्। प्रहरीमा ती पुरुषले जाहेरी दिएपछि अनुसन्धानका क्रममा तीन महिलालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी यस्ता घटना समाजमा भइरहने तर उजुरी नपर्दा अपराधी उम्कने गरेकाले यो पटक एउटा गिरोह पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले असार ७ गते पीडितबाट लिइएको १७ लाखको चेकसहित तीन जनालाई पक्राउ गरिएको बताए। नगद १ लाख सीतादेवी थापाले उच्चदरको ब्याजमा लगाएको खुलेको छ। 

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, विश्वासघात तथा आपराधिक लाभ (एक्स्टोर्सन) सम्बन्धी कसुरअनुसार कारबाही हुने जनाएको छ। आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रकाशित: Sep 19, 2021| 21:15 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।