बिहीबार, भदौ ११, २०८३

किशोरी बलात्कार मुद्दामा वडाध्यक्ष जेल चलान

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कालिकोटका एक वडाध्यक्ष जेल चलान भएका छन्। खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदीश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन्।

५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएपछि उनी कालिकोट जिल्ला कारागार चलान भएका छन्।

प्रहरीका अनुसार बाख्रा चराउन गएको बेला वडाध्यक्ष शाहीले ती किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा उनीविरुद्ध परिवारका सदस्यले जाहेरी दिएका थिए। शाहीलाई प्रहरीले असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणी अन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो।

शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। ‘

शाहीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी प्रहरीले अदालतमा मुद्दा पेश गरेको छ ।

प्रकाशित: Aug 08, 2020| 11:50 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।