काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको केरलमा शुक्रबार बेलुका भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
मन्त्री ज्ञवालीले केही बेरअघि ट्विट गरी दुर्घटनामा निधन भएकाप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
दुबईबाट भारतको केरला आइरहेको एयर इन्डियाको उक्त विमान दुर्घटनामा परी कम्तीमा १८ को मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।