काठमाडौं– रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
लु २ च ६७५६ नम्बरको कार रोहिणी गाउँपालिका– ४ मा दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृत्यु भएको हो।
अन्य दुईजना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रदेश–५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा भैरहवाका ३० वर्षीय अनिल यादव घाइते भएका छन्।
परासीबाट भैरहवातर्फ जाँदै गरेको कार गएराति रोहिणी गाउँपालिका– ४ छिपागडस्थित हुलाकी राजमार्गबाट १० मिटर तल खसेको थियो।
दुर्घटनामा परी कारमा सवार चारैजना गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि भीम अस्पताल भैरहवा पुर्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।