बिहीबार, भदौ ११, २०८३

विराटनगरमा दुई पत्रकारसहित २२ संक्रमित थपिए

विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
 |  शनिबार, साउन २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०७७

विराटनगर– विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार आएको पीसीआर रिपोर्टले दुई पत्रकारमा पनि कोरोना पुष्टि गरेको हो । दुवै पत्रकार विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत छन्।

दुई जनामा कोरोना संक्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ। पत्रकारलाई कोरोन देखिएसँगै उद्घोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ।

शुक्रबारराती संक्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का चार, विराटनगर–३ का एक, विराटनगर– ५ का एक, विराटनगर –६ का दुई, विराटनगर –७ का तीनजना छन्।

त्यस्तै विराटनगर–८ का एक, १० का एक, ११ का एक, १३ का चार र विराटनगर–१४ का एक जनामा संक्रमण देखिएको छ।
शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार राती २२ जना थपिएका हुन्। नयाँसँगै विराटनगरमा संक्रमित हुनेको संख्या २४५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

प्रकाशित: Aug 08, 2020| 06:55 शनिबार, साउन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।