बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- अनशनकारीसँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विभिन्न माग राखेर अनशनमा बसेको बीस दिन पूरा भईसक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद भएको बताएका छन्।

‘राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगतदेखि दल र सञ्चार माध्यमहरुले उठाउँदै आएका थिए,’ विज्ञप्तिमा भनिएको छ।

सरकार स्वयम्ले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहे पनि सरकार संवेदनशील नभएको कांग्रेसको आरोप छ।

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा काम गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवम् अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गरेका छन्।

कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवातदेखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ। पर्याप्त स्वास्थ सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदायस्तरमा व्यापक पीसिआर परिक्षण, आरडीटी खारेजी, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेकालाई निःशल्क उद्धार गर्न कांग्रेसले माग गर्दै आएको छ।

त्यस्तै सीमा नाकामा कडाइ, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षणदेखि स्वदेश–विदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत् नेपाली कांग्रेसले निरन्तर सरकारसमक्ष प्रस्तुत गरेको छ।

तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको र परिणाममा सरकारविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक भएको कांग्रेसले उल्लेख गरेको छ।

प्रकाशित: Aug 07, 2020| 19:35 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।