बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सामग्री मौज्दात : १५०० गम्भीर संक्रमितको लागि मात्र

स्वास्थ्य सामग्री मौज्दात : १५०० गम्भीर संक्रमितको लागि मात्र

गम्भीर प्रकृतिका १ हजार ५०० कोरोना संक्रमितको उपचारको लागि मात्र स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– गम्भीर प्रकृतिका १ हजार ५०० कोरोना संक्रमितको उपचारको लागि मात्र स्वास्थ्य सामग्री मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रयोगशालाका सामग्री २ महिनाका लागि र पीपीई भने २ महिनाका लागि बाँकी छन्। थप स्वास्थ्य सामग्री खरिद प्रक्रियामा छ।

देशभर २ हजार ६०० आइसीयू बेड र ९०० भेन्टिलेटर छन्। प्रवक्ता गौतमका अनुसार २४० आइसीयू बेड थप्ने प्रक्रिया सुरु भएको छ।

मुलुकभर कोरोना संक्रमितको उपचारका लागि ३६ वटा अस्पताल र ११५ वटा कोभिड क्लिनिक सञ्चालनमा छन्।

अस्पतालका बेडलाई गम्भीर लक्षण भएका बिरामीको लागि राख्न, लक्षण नभएका र ६० वर्ष मुनीका संक्रमितलाई स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा घरमै बस्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले २५ हब अस्पताल र २० शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तत्काल परिचालन गर्न सक्ने गरी टोली गठन गरेर तयारी अवस्थामा राखेको उल्लेख गरेको छ।

हाल ३२ वटा सरकारी प्रयोगशाला र ६ वटा निजी प्रयोगशाला सञ्चालनमा छन्।

हालसम्म सरकारी प्रयोगशालामा १८ हजार ५०० र निजीमा ३ हजार ५०० नमुना दैनिक परीक्षण गर्न सकिने प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित: Aug 07, 2020| 19:12 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।