बुधबार, जेठ २०, २०८३

मधेसका युवाहरुले भने - कथित मधेशवादी नेतालाई बहिष्कार गरौँ

युवाहरुले एक कार्यक्रमको आयोजना गरी मधेश आन्दोलनमा शहादत दिनेहरुलाई नै बिर्सेको आरोप लगाउँदै मधेशवादी दलका नेताहरुलाई बहिष्कार गर्न आग्रह गरेका हुन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

जनकपुरधाम- देशैभर संविधान दिवसको अवसरमा खुसियाली र कालो दिवस मनाइ रहँदा युवाहरुको एक समूहले मधेशवादी दलविरुद्ध आक्रोश पोखेका छन्। 

National life

मधेश अधिकार संघर्ष समितिले मधेश आन्दोलनका सहिदहरुको स्मरणमा आयोजना गरेको कार्यक्रममा मधेशवादी दलका नेताहरु विरुद्ध आक्रोश पोखेका हुन्।

युवाहरुले एक कार्यक्रमको आयोजना गरी मधेश आन्दोलनमा शहादत दिनेहरुलाई नै बिर्सेको आरोप लगाउँदै मधेशवादी दलका नेताहरुलाई बहिष्कार गर्न आग्रह गरेका हुन्। 

मधेश अधिकार समितिका संयोजक सरोज मिश्रले संविधानमा केही त्रुटी रहेको स्वीकार गर्दै जसरी सत्तामा बसेर प्रदेश २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानविरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए। 

उनले भने, “संविधानको विभिन्‍न धारामा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्‍ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ।” 

Shivam cement

उनले संविधान संशोधनका लागि दबाब बनाउनुको साटो सत्ताको खेलमा लागेर मधेशी जनतालाई मुर्ख बनाउने नेताहरुलाई बहिष्कार गर्ने समय आइसकेको बताए। 

सो कार्यक्रममा मधेश आन्दोलनमा सहभागी भएका युवाहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Sep 19, 2021| 20:10 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।