बिहीबार, भदौ ११, २०८३

गोठमा मृत भेटिएका फुर्वाको हत्या भाइले गरेको खुलासा

साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै भाइले हत्या गरेको खुलेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- साउन १२ गते गाई गोठमा मृत भेटिएका ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पालाई आफ्नै भाइले हत्या गरेको खुलेको छ।

प्रहरीले शुक्रवार अपरान्ह पत्रकार सम्मेलनमार्फत यो घटना विवरण सार्वजनिक गरेको हो। आशंकाका आधारमा प्रहरीले घटनालगत्तै मृतक फुर्वाका भाइ ६० वर्षीय पेम्बा लाक्पालाई पक्राउ गरेको थियो।

पेम्बा लाक्पाले अगेनाको चिपर्टले हानेर दाजुको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले पेम्बाले सामान्य विवादमा आवेगमा आएर दाजुको हत्या गरेको खुलेको जानकारी दिए।

राडी र ओढ्ने कम्बलले छोपेको अवस्थामा शव भेटिएको थियो। श्रेष्ठका अनुसार प्रहरी बयानमा पेम्बालाक्पाले आफुलाई बारम्बार अपमानित हुने गालीगलौज गरेकोले दाजु फुर्वा ग्याल्वोलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको बयान दिएका छन्।

प्रहरीले यो घटना हुँदा संगै रहेकी भतिजी नाता पर्ने पासाङ्ल्हामुलाई समेत घटनाको मतियारको रुपमा मुद्दा चलाउने तयारी थालेको छ।

पेम्बा लाक्पाले पनि पासाङ्ल्हामुकै सहयोगमा दाजु फुर्वा ग्याल्वोको हत्या गरेको बयान दिएपछि प्रहरीले उनलाई समेत ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो।

फुर्वा ग्याल्वोका काईला छोरा दावा शेर्पाले पेम्बा लाक्पा माथि भने बाबुको हत्या आरोपमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 07, 2020| 18:51 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।