बिहीबार, भदौ ११, २०८३

रंगेलीको एउटै वडामा २३ जना कोरोना संक्रमित

रिाटनगर– मोरङको रंगेलीमा शुक्रबार २९ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

विराटनगर– मोरङको रंगेलीमा शुक्रबार २९ जना कोरोना संक्रमित थपिएका छन् ।

रंगेलीका ४, ५, ६ र ७ नं. वडाका ६ महिला र २३ पुरुष संक्रमित भएका हुन् । शुक्रबार संक्रमण देखिएका मध्ये २३ जना एउटा वडाका छन् । वडा नं. ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

प्रदेश नं. १ मा एउटै वडामा धेरै संक्रमण देखिएको पहिलो पटक हो । रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।

संक्रमण समुदाय स्तरमा फैलिएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख दिलिप बगडियाले बताए ।

 

प्रकाशित: Aug 07, 2020| 17:21 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।