बिहीबार, भदौ ११, २०८३

आचरणविरुद्ध काम गर्ने असई निलम्बनमा

काठमाडौं– प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आचरणविरुद्ध कार्यमा संलग्न रहेको भन्दै प्रहरी सहायक निरीक्षक (असई)लाई निलम्बन गरेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आचरणविरुद्ध कार्यमा संलग्न रहेको भन्दै प्रहरी सहायक निरीक्षक (असई)लाई निलम्बन गरेको छ।

प्रदेश २ प्रदेश प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत असई सुरेश सहनीलाई निलम्बन गरेको हो।

‘उनको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यावसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण भेटिएको हुँदा निलम्बन गरिएको हो,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अंशुकुमार सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निलम्बन नगरेर काम गर्न दिँदा झुट्टा प्रमाण संकलन गर्न सक्ने, आफू विरुद्धको सबुद प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना देखिएकाले थप अनुसन्धान गर्न भन्दै निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश २ प्रहरी कार्यालयले प्रहरी आचरण विरुद्ध काम गरेको पुष्टि भएपछि यसअघि पनि प्रहरी कर्मचारीहरुलाई निलम्बन गरेको छ।

प्रकाशित: Aug 07, 2020| 17:13 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।